आज मिति २०७६ फागुन ८ गते विहिबार, तपाँईको आज कस्तो रहने छ ? हेरौ राशिफल  |  सिरहामा बालिकामाथि यौन दुरव्यवहार गरेको आरोपमा एक व्यवसायी पक्राउ  |  सशस्त्र प्रहरी इन्सपेक्टर पदको लिखित परिक्षणको नतिजा सार्वजनीक, को को भए पास ?(नामावली सहित)  |  राष्ट्रपतिद्वारा महाशिवरात्रिका सामग्री सङ्कल्प  |  घुस लिएको अभियोगमा इञ्जिनीयर पक्राउ  |  निर्वाचन शान्तिपूर्ण मात्रै होइन, जनमत प्रतिबिम्वित हुनुपर्छ– प्रधानमन्त्री ओली  |  पाँच अङ्कले बढ्यो नेप्से  |  सुशासनको प्रत्याभूति र भ्रष्टाचार न्यूनीकरणमा सरकार लाग्नुपर्छः अध्यक्ष थापा  |  ‘क्वारेन्टाइनमा राखिएका सबै नेपाली स्वास्थ्य भएकाले कोही त्रसित हुन पर्दैन’  |  सरकारले नयाँ र दीर्घमहत्वका काम गरेको छ : सञ्चारमन्त्री बाँस्कोटा
धर्म/संस्कृति
Dec 25, 2019
ख्रीष्टमस दिवस
काठमाडौँ, पुस  ९ प्रभु येशुको जन्मोत्सव (ख्रीष्टमस) को उपलक्ष्यमा नेपाली इसाईहरूले आज यहाँ ख्रीस्टमस दिवस मनाउँदैछन् । ग्रेगोरियन पात्रो अनुुसार यो दिवस प्रत्येक वर्षको डिसेम्बर महिना २५ तारिखका दिन विश्वभरका क्रिश्चियन धर्मावलम्बीले मनाउँछन् । आजभन्दा २०१९ वर्षअघि इजरायलको वेथलेहममा पिता स्वर्गदूत र माता मरियमका गर्भबाट येशुको जन्म भएको राष्ट्रिय ख्रीष्टियन महासङ्घ, नेपालका अध्यक्ष सिबी गहतराजले राससलाई जानकारी दिनुभयो । येशुको जन्मोत्सवको उपलक्ष्यमा क्रिश्चियन धर्मावलम्बीले प्रभु येशुले समस्त नेपालीको कल्याण गरून् भन्ने कामनासहित देशभरका चर्चमा प्रार्थनालगायत कार्यक्रम गर्ने जनाइएको छ । हाल नेपालमा १२ हजार ५०० चर्च र ३० लाख भन्दा बढी क्रिश्चियन धर्मावलम्बी रहेको उहाँले बताउनुभयो । हर्षोल्लासका साथ साताव्यापीरूपमा विश्वभर मनाइने ख्रीष्टमसकोे अवसरमा महासङ्घले सम्पूर्ण नेपालीमा प्रेम, शान्ति, एकता, भाइचारा, सुख एवं समृद्धिका लागि प्रार्थना गरेको छ । साथै गे्रगोरियन पात्रो अनुसारको नयाँ वर्ष सन् २०२० को उपलक्ष्यमा सबै नेपालीलाई शुभकामना व्यक्त गरेको छ ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video