विपन्न परिवारलाई एकद्वार प्रणालीबाट राहत : मुख्यमन्त्री राई  |  नेपाल–भारत सीमा क्षेत्रमा खटिएका एक सय ३४ सशस्त्र प्रहरीलाई क्वारेन्टाइनमा राखियो  |  खाद्य व्यवस्था कम्पनीले अनलाइनबाटै खाद्य सामग्री बिक्री थाल्यो  |  आज मिति २०७६ चैत्र २७ गते विहिबार,तदनुसार २०२० अप्रिल ९ तारिख हेरौं आजको राशिफल  |  गाडीबाट कोरोना फैलिने त्रास  |  आइतबारदेखि भरी ग्यास सिलिण्डर किन्न पाइने  |  पुर्नबिमा कम्पनीको सेयर बाँडफाँड, १ लाख ९१ हजार बढीले मागे जति सेयर पाए, यि हुन भाग्यमानी लगानीकर्ता  |  ३३ जना कैदीबन्दी रिहा  |  हरियो तरकारीसँगै कोरोना भाइरस भित्रिने त्रास  |  कोरोनाको अफवाह फैलाउने पक्राउ
समाज
Jan 27, 2020
५३ मेलमिलापकर्ताको शपथ
काठमाडौँ, माघ १३ वैदेशिक रोजगारसम्बन्धी उजुरीलाई छिटो फरफारक गर्न सहयोग पु¥याउने उद्देश्यले वैदेशिक रोजगार विभागमा सूचीकृत ५३ मेलमिलापकर्तालाई शपथ खुवाइएको छ । सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडा, वैदेशिक रोजगार न्यायाधीकरणका अध्यक्ष रमेशकुमार खत्री, नायब महान्यायाधिवक्ता पद्मप्रसाद पाण्डेयलगायतको उपस्थितिमा आज विभागका महानिर्देशक डा भीष्मकुमार भुसालले सूचीकृत मेलमिलापकर्तालाई शपथ खुवाउनुभएको हो । विभागले गत पुस १५ गते एक सूचना प्रकाशित गर्दै वैदेशिक रोजगारीसम्बन्धी उजुरीमा मेलमिलापकर्ताका रूपमा काम गर्न चाहने तालीमप्राप्त व्यक्तिलाई सूचीकृत हुन आह्वान गरेको थियो । मेलमिलापकर्ताका रूपमा काम गर्न इच्छुक रहेको भन्दै ५३ जना सूचीकृत भएका थिए । मेलमिलापसम्बन्धी ऐन, २०६८ तथा नियमावली, २०७० ले यससम्बन्धी व्यवस्था गरेको छ । यससँगै विभागले वैदेशिक रोजगारीसम्बन्धी उजुरी फरफारकमा तेस्रो निष्पक्ष व्यक्तिको सहयोग लिने बाटो खुलेको छ । कार्यक्रममा मेलमिलाप परिषद्का अध्यक्षसमेत रहनुभएका सर्वोच्च अदालतका न्यायाधीश खतिवडाले मेलमिलापकर्ताले दिने न्याय पीडित र पीडक दुवैलाई न्याय हुने खालको हुनुपर्नेमा जोड दिनुभयो । नायब महान्यायाधिवक्ता पाण्डेले मेलमिलाप प्रक्रियाका बारेमा जानकारी गराउनुभएको थियो । सो अवसरमा महानिर्देशक भुसालले पुराना मुद्दा फछ्र्योट गर्न विभागको ध्यान केन्द्रित भएको उल्लेख गर्दै मेलमिलापकर्ताको संलग्नतापछि मुद्दा फछ्र्योटको दर बढ्ने विश्वास व्यक्त गर्नुभयो । यसैबीच आजदेखि विभागमा मेलमिलाप कक्षको स्थापना गरिएको छ । सो कक्षको सर्वोच्चका न्यायाधीश खतिवडाले उद्घाटन गर्नुभएको थियो । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video