‘अभाव झेलिरहेका नागरिकलाई नेपाल फर्कने व्यवस्था मिलाउनू’: सर्बोच्च अदालत  |  भारतबाट १७३ मालबाहक गाडी भित्रिए  |  एतिहाँसीक नुवाकोटको सिन्दूरे जात्रा स्थगित  |  पसलमा भीड हुन थालेपछि ‘लकडाउन’ कडा  |  नेकपा बैठकमा प्रधानमन्त्रीबाट सरकारी कदमबारे जानकारी  |  काठमाण्डौं उपत्यकामा लकडाउन उल्लंघन गर्ने ५४५ सवारी नियन्त्रणमा  |  विद्यालयमा क्वारेन्टाइन सञ्चालनका लागि १२ बुँदे आचारसंहिता,के के छ आचारसंहितामा ?  |  राष्ट्रिय शैक्षिक परामर्श संघद्धारा बिदेशमा अध्ययनरत विद्यार्थीलाई सहयोग गर्न एक्सन टिम गठन  |  राहत वितरणको तस्वीर खिच्न नपाइने : नगरभित्र खाद्यान्नको एउटै दरभाउ  |  सङ्कटका काला बादल अवश्य हटेर जानेछन्ः प्रधानमन्त्री
मनाेरञ्जन/रोचक
Feb 19, 2020
नमस्ते ब्याण्डको विश्व सङ्गीत महोत्सव बाराहीघाटमा
कास्की, फागुन ७ नमस्ते ब्याण्डले आफ्नो ३१औँ वार्षिकोत्सवको अवसर पारेर महाशिवरात्रिका दिन पोखरामा १५औँ संस्करणको विश्व सङ्गीत महोत्सव गर्ने भएको छ । गीत–सङ्गीतको विकासका लक्ष्यसहित फागुन ९ गते यहाँ पर्यटकीय क्षेत्र लेकसाइडको बाराहीघाटमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्याण्ड तथा नेपालका चर्चित कलाकारको प्रस्तुतिसहित सङ्गीत महोत्सव गर्न लागिएको मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा कार्यक्रम संयोज ईश्वर गुरुङले जानकारी दिनुभयो । सो ब्याण्डको स्थापना ३० वर्षअघि भएको हो । जापानबाट पहिलोपटक नेपालको पहिलो गीति सिडी एल्बम (एकता) को बिक्री गरी नेपालको पहिलो ब्याण्डका रूपमा परिचित भएको थियो । महोत्सवमा पिजेपिस जोइन्ट ब्याण्ड (अमेरिका), नमस्ते ब्याण्ड (जापान र नेपाल), रन युनिटी (लाइन स्टार) युके, बमशिव मिनामी जापान, हिता ग्रुप (तिब्बत, एनइओ प्रिज्म), १९७४ एडी, कुटुम्ब ब्याण्ड, सिवाज (कृपा फाउण्डेशन), प्रमोद निरवान्स एण्ड म्युजिक लिङ्कस् हिमालयन एण्ड कल्टिभेसन, श्री–थ्री ब्याण्ड र मिलन एण्ड द आर्टिष्टलगायतको प्रस्तुति महोत्सवमा रहने उहाँले जानकारी दिनुभयो । चर्चित गायिका दीप श्रेष्ठ, गङ्गा बर्दान, राजेश पायल राई, याम बराल, उदयमनिला र श्रेया सोताङ, उदेश श्रेष्ठ, चीरासिङ खड्का, प्रश्न पाण्डे, अमृता लिम्बू र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेशलगायतको विशेष प्रस्तुति महोत्सवको आकर्षण रहेको बताइन्छ । महोत्सवबाट सङ्कलित रकम पुम्दीकोटमा निर्माणाधीन शिवमूर्तिका लागि सहयोग गर्ने लक्ष्य राखिएको छ । समुद्री सतहबाट पाँच हजार ६४३ मिटर उचाइको कालापत्तथरमा ‘वल्र्ड हाइयेष्ट पिक कन्सर्ट’ गरेर ब्याण्डको नाम गिनिजबुक अफ वल्र्ड रेकर्डमा लेखाउन सफल भएको बताइन्छ ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video