हवाइ इन्धनको मूल्य घटेसँगै बुद्ध एयरले भाडा घटायो  |  मिति २०७७ साल जेष्ठ २३ गते शुक्रबार, जुन ५ तारीख हेरौं राशिफल  |  नेपालीलाई फर्काउन एनआरएनएका सबै शाखा तयारी अवस्थामा  |  निकाद्धारा शैक्षिक परामर्श व्यवसायीलाई अति प्रभावित क्षेत्रमा सुचिकृत गरी सुहलियत ऋण वा पुनरकर्जाको सुविधा दिन माग  |  ‘अप्ठेरो परिस्थितिले सङ्घीय शासन प्रणालीको औचित्य पुष्टि’  |  थप आठ प्रकारका मुद्दामा सुनुवाइ हुने  |  बन्दाबन्दीलाई थप प्रभावकारी बनाइने, प्रशासनको निष्कर्ष  |  बन्दाबन्दी खुकुलो पारेर आर्थिक चलयमान गर्नुपर्ने सुझाव  |  राष्ट्रियसभा अध्यक्षले बैठक र भ्रमण भत्ता नलिने  |  बन्दाबन्दीले राजश्व सङ्कलन प्रभावित
शिक्षा /स्वास्थ्य
May 13, 2020
भारतबाट नेपाल आएकाहरुले कोरोनाको संक्रमण बढाए
काठमाण्डौं । बैशाख ३१ । लकडाउनका कारण नेपालमा अन्तराष्ट्रिय हवाई उडानहरु बन्द रहेका छन् । तर खुल्ला सिमानाका कारण भारतबाट भने नेपालीहरु लुकीछिपी नेपाल प्रवेश गरिरहेका छन् । भारतबाट लुकीछिपी प्रवेश गरेकाहरुबाटै पछिल्लो समयमा नेपालमा कोरोनाको संक्रमण फैलिएको पाइएको छ । कतिपय भारतमा क्वारेन्टाइनमा बसेर आएका तथा नेपालकै क्वारेन्टाइनमा बसेकाहरुमा समेत कोरोनाको संक्रमण देखिएसंगै नेपालमा पछिल्लो समयमा फैलिएको कोरोनाको संक्रमण भारतबाट प्रवेश गरेका नेपालीहरु मार्फतनै फैलिएको सहज अनुमान लगाउन सकिन्छ ।  
यता, स्वदेश फर्किने पर्खाइमा रहेका सीमावर्ती भारतीय क्वारेन्टाइनमा बसेकामध्ये एक जनामा कोरोना पुष्टि भएको छ ।  नौतनवास्थित माड्रन एकाडेमी स्कूलको क्वारेन्टाइनमा बसेका एक नेपालीमा कोरोना पोजिटिभ देखिएको महाराजगञ्ज जिल्लाका चिकित्सक ड. उज्ज्वल कुमारले बताउनुयो ।
पच्चीस वर्षीय ती युवक बसेको उक्त क्वारेन्टाइनमा ८२ नेपाली छन् । ती युवक मुम्बईदेखि आएको भारतीय पत्रकार अरविन्दले बताउनुभयो । रुपन्देहीको सीमापारि रोकिएका एक हजार नेपालीलाई बुधबार नेपाल ल्याउने तयारी गरिरहँदा कोरोना देखिएको हो ।
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video