अन्योलमै पश्चिम सेती जलविद्युत् आयोजना, ठेकेदार थ्री गर्जेज ६ महिनादेखि सम्पर्कविहीन  |  समाजकल्याण परिषद्का सबै पदाधिकारीको बर्खास्त  |  आज फागुन ५ गते आइतबार तपाँईको दिन कस्तो रहने छ ? हेरौ राशिफल  |  काठमाण्डौंमा भुकम्पको धक्का  |  नेपालमा लागुऔषध प्रयोगकर्ता बढदैे ! एकै दिन अबैध लागुऔषध सहित १५ युवक पक्राउ  |  निशुल्क स्वास्थ्य शिविर सम्पन्न  |  लोकसेवा तयारीमा यस्ता सम्म प्रश्न ! लोकसेवा पास गरेका कर्मचारी किन नहुन त खुरापाती  |  नुवाकोटमा तत्काल एम्बुलेन्स चाहियो ? नुवाकोटमा ९ संस्थाद्धारा सञ्चालीत यिनै हुन एम्बुलेन्सहरु ( फोन नं सहित)  |  १५६६ कर्मचारीको मात्र समायोजन ! समायोजन किन सकस बन्दैछ ?  |  आज फागुन ४ गते शनिबार तपाँईको दिन कस्तो रहने छ ? हेरौ राशिफल
अपांगता/अल्पसंख्यक
Aug 07, 2018
गुल्मीमा विकलाङ्ग मित्र समूह सक्षम परियोजनाले शारीरिक अपाङ्गता बालवालिकाहरुलाई सहयोग गदै
गुल्मी २२ साउन ।गुल्मीमा विकलाङ्ग मित्र समूह अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापना केन्द्र सक्षम परियोजनाले गुल्मीमा शारीरिक अपाङ्गताको क्षेत्रमा विभिन्न कार्य गदै आइरहेको छ ।

सक्षम परियोजनाले मुसिकोट नगरपालिकाको वामीटक्सारमा शिक्षकहरुका लागि अपाङ्गता व्यवस्थापन सम्वन्धी एक दिने र रेसुङ्गा नगरपालिकाको तम्घासमा अपाङ्गता भएका व्यक्तिहरुको अधिकार महासन्धि सम्वन्धि एक दिने अभिमुखिकरण तालिम सञ्चालन सक्षम परियोजना गुल्मीले जनाएको छ ।

अपाङ्गता भएका बालबालिकाहरुलाई शिक्षामा पँहुच, वर्तमान अवस्था,शैक्षिक सरोकारवालाहरु बीचको भूमिका लगायतका विषयमा परियोजना संयोजक गोविन्द चौधरीले अभिमुखीकरण तालिमको सहजीकरण गनुभएको थियो ।परियोजनाले सञ्चालन गरिएको तालिममा विद्यालय निरिक्षक तथा श्रोतव्यक्तिहरु विद्यालयका प्रधानाध्यापक एव शिक्षक प्रतिनिधि  गरिे ६० जनाको सहभागिता रहेको थियो ।विकलाङ्ग मित्र समूह अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापना केन्द्र सक्षम परियोजना गुल्मीले हालसम्म ३ सय,५३ जना शारीरिक अपाङ्गता भएका बालवालिकाहरुको उपचार तथा पुनस्र्थापना गरि सकेको ५सय,८७ जना विद्यार्थीहरुलाई अभिमूखीकरण तालिम दिएको र ५ बर्षीय अपाङ्गता व्यवस्थापन सम्वन्धि कार्ययोजनाको मोडालिटि तयार पारेको बहु सिपयुक्क्त अपाङ्गता पुनस्र्थापना सहायक होमराज केसीले जानकारी दिनुभयो ।
साथै यस्ता शारीरिक अपाङ्गता भएका बालवालिकाहरुले सहज रुपमा उपचार पाएपछि उनीहरुका घरपरिवार तथा समुदायले समेत अपाङ्ग बाल अस्पतालले गरेको कामप्रति खुलेर प्रशंसा गर्न थालेको बहु सिपयुक्क्त अपाङ्गता पुनस्र्थापना सहायक केसीले जानकारी दिनुभयो ।जिल्लाभित्र रहेका बाल क्लवमा आवद्ध रहेका बालवालिकाहरुलाई अपाङ्गता भएका बालवालिकाहरुलाई क्लवमा सहभागि गरिनु पर्ने एक दिने अभिमुखिकरण तालिम सञ्चालन गरिएको थियो ।साथै विकलाङ्ग मित्र समूह अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापना केन्द्र सक्षम परियोजना गुल्मीले सत्यवति गाउँपालिका र सदरमुकाम तम्घासमा महिला तथा बालवालिकाको कार्यालय गरि दुइ स्थानमा घुम्ती  स्वास्थ्य शिविर सञ्चालन गरि डाक्टर परामर्श तथा फिजियोथेरापी र सहयोगी सामग्रीको नाप जाँच एवं वितरण तथा जिल्ला भित्रका  अपाङ्गता र गरिवी कारण विद्यालय जान नसकेका बालवालिकाहरुलाई विद्यालय पठाउन प्रोत्सान स्वरुप  अपाङ्गता बालवालिकाहरुलाई शैक्षिक सामग्रीहरु र पोशाक समेत वितरण गरिएको बहु सिपयुक्क्त अपाङ्गता पुनस्र्थापना सहायक केसीले जानकारी दिनुभयो ।उक्क्त सक्षम परियोजनाले गत २०७४ बैशाख १२ गतेदेखि गुल्मी जिल्लामा शारीरिक अपाङ्गता भएका बालवालिकाहरुका लागि काम गदै आइरहेको छ 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video