नेपाल प्रहरीका ६४ इन्सपेक्टर डिएसपी बढुवाको सिफारीसमा, को को भए सिफारीस ?  |  अस्ट्रेलीयामा नेपाली विद्यार्थी अलपत्र बारेमा नेपाल सरकारका पुर्व सचिब उपाध्यायको बिचार यस्तो  |  दाउरा काटन जंगल गएकी महिलालाई बलत्कार गर्ने एक पक्राउ  |  पशुपती शर्माको भन्दा कडा गित निस्कीयो, लेख्न सके लेख कान्छा लेख्न सके लेख,एक वर्षमै स्वर्ग भयो नेपाल भन्ने देश  |  काठमाण्डौंमै आज बिहान राँगोले हानेर मर्निङवाकमा निस्कीएका मानिसको मृत्यु  |  नक्खुको बम बिस्फोटमा घाइते गुरुङको निधन, अन्य दुई घाइतेको अवस्था यस्तो छ  |  आज फागुन ११ गते शनिबार तपाँईको दिन कस्तो रहने छ ? हेरौ राशिफल  |  ललितपुरमा बम बिस्फोट पछि कमलपोखरीमा पनि बम भेटीयो, सर्वसाधारण त्रसीत  |  ललितपुरमा एनसेल कार्यालय अगाडी बम बिस्फोट ३ जना घाइते, बिस्फोटमा परी एक गम्भीर  |  राष्ट्रपतिको सवारी सुरक्षाका लागि कारगेट मोटरसाइकल किन्न प्रहरीलाई १४ करोड निकासा
समाज
Sep 18, 2018
बन्द हुँदै टक्सारका धातु उद्योग
 –युवराज विष्ट 
भोजपुर, असोज 
   ऐतिहासिक टक्सार बजारमा रहेका धातु उद्योग दक्ष जनशक्ति र कच्चापदार्थको अभावका कारण सङ्कटमा पर्दै गएको छ । 
पञ्चायतदेखि बहुदलीय व्यवस्था आउँदासमेत लाखौँ मूल्यको धातुको सामग्री उत्पादन हुँदै आएका भोजपुरको टक्सारका धातु उद्योग अहिले आवश्यक स्थानीय स्रोत र साधनको अभावका कारण र दक्ष जनशक्ति पलायन हँुदै गएपछि संकटमा पर्दै गएका हुन् । देशकै पुरानो धातु उद्योगमध्येको यहाँको धातु उद्योग १५ वर्षअघिसम्म करीब एक सय भएकामा अहिले ६ वटा मात्रै छन् । 
धातु उद्योगले कच्चा पदार्थ कोइला (गोल), मैन र दक्ष जनशक्तिको अभाव झेलिरहेका छन् । राणाशासन, पञ्चायती शासनकालदेखि धातु उद्योगले प्रसिद्ध कमाएको टक्सारका उद्योग बन्दसँगै बजार क्षेत्रका मानिस पनि पलायन भएपछि टक्सार बजारसमेत सुनसान भएको छ । अहिले रहेका धातु उद्योगले भोजपुरको मागलाई समेत पूरा गर्न सकेका छैनन् । 
छयालीस वर्षदेखि धातुको सामग्री बनाउँदै आएका टक्सारका ७५ वर्षीय ज्ञानबहादुर शाक्य आवश्यक स्रोत साधन नहुँदा र बजार नपाउँदा धातु उद्योग नचलेकाले गर्दा सबै धातु व्यवसाय नै छाडेर बाहिर गएको बताउनुहुन्छ । आवश्यक कच्चा पदार्थको अभावले बाँकी उद्यमी पनि पलायन हुने अवस्था छ । 
धातु उद्योगलाई अहिले कोइला, मैन र दक्ष जनशक्तिको खाँचो रहेको व्यवसायीको भनाइ छ । टक्सारको धातु उद्योग र यहाँको मौलिक पहिचानलाई जीवित गराउन पलायन भएका व्यवसायीलाई स्थानीयस्तरबाट पुनःअभिप्रेरित गराउनुपर्ने तथा मौलिक कला र उद्योगको संरक्षणका लागि आवश्यक साधनस्रोत उपलब्ध गराउन जरुरी रहेको विमलकुमार शाक्य बताउनुभयो । 
खानी स्थापनासँगै धातुका सामग्री डाडुपन्यू, कसौँडी, अङ्खोरा, करुवा, अन्ती, बटुका, थाल, डबका, तामा एवं पित्तलका गाग्री, खँड्कुला, तसला आदि बनाइन्थ्यो । धातु उद्योग सञ्चालनका लागि कोइला, मैन र धातुको अभाव खड्किएपछि धातुको सामान उत्पादनमा ९० प्रतिशतभन्दा बढी ह्रास आएको व्यवसायीको भनाइ छ । 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video