सार्वजनिक विदा पूर्नस्थापना नगरे आँफै विदा घोषणा गर्छौं ः नेपाल आदिवासी जनजाति महासंघ  |  एक साताभित्र माग सम्बोधन नभए आन्दोलनमा उत्रिने जनमुक्ति सेना घाइते तथा अपाङ्ग संघ नेपालको चेतावनी  |  नेपाल आईडलकी अस्मिता र डा रिजालले संगै गित गाए  |  निर्मला हत्या प्रकरणः गल्ती गरेको भए बर्दि फुकाल्छुः खनाल  |  एकै दिन तीन पत्नीसँग सम्बन्धविच्छेद !  |  स्टान्र्डड चार्टड बैंकको सेयर मुल्य निकै खस्कियो, सेयरधनीहरु आक्रोशित, साधारण सभामा बिवाद हुने भएपछि आर्मी क्वलमा सभा आव्हान  |  प्रहरी नियमावलीको बाधा खुले, एसएसपी बढुवाका लागि डेढ दर्जन प्रतिस्पर्धी  |  जिल्ला पुनर्निर्माण समन्वय समिति ललितपुरको बैठक , स्थानीय तहहरुसँग समझदारी पत्रमा हस्ताक्षर  |  विभिन्न तहका सरकारबीच समन्वय नहुँदा निर्माण व्यवसायी चर्को मारमाः महासंघ  |  राजदूतको नाम सर्वसम्मतिले अनुमोदन
समाज
Oct 06, 2018
विषादी नियन्त्रण अभियान तीव्र
 पशुपतिनगर, इलाम,  असोज २० ।  विभिन्न प्रकारका विषादीको प्रयोगबाट मानव स्वास्थ्यमा असर पर्नथालेपछि सूर्योदय नगरपालिकाले विषादी नियन्त्रण अभियानलाई तीव्रता दिएको छ । गत साउन १ गतेबाट विषादी न्यूनीकरण अभियान शुरु गरेको नगरपालिकाले अहिले टोलटोलमा चेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको छ । 

नगरपालिकाले विभिन्न टोलटोलमा सञ्चालन गर्दै आएको प्राङ्गारिक कृषि प्रवद्र्धन र विषादी न्यूनीकरणसम्बन्धी अभियानमा पशुपतिनगर प्राथमिक स्वास्थ्यचौकीका डा दिवस सुनुवारले विषादीकै कारण मानव स्वास्थ्यमा परिरहेको असरबारे र वातावरणीय क्षेत्रमा परेको असरबारे कृषिविद् ज्योति अधिकारीले सहजीकरण गर्दै आउनुभएको छ । 
नगर प्रमुख रणबहादुर राईले नगरलाई समृद्ध बनाउनका लागि कृषिको महत्वपूर्ण भूमिका भएकाले विषादीरहित समाज निर्माणका लागि सक्दो सहयोग गर्ने बताउनुभयो प्राङ्गारिक खेतीका लागि भकारो सुधार कार्यक्रमका साथै उन्नत जातका गाईको बाच्छा–बाच्छी वितरण गर्ने योजना पनि रहेको उहाँले बताउनुभयो । उक्त अभियानअन्तर्गत जैविक विषादी निर्माणसम्बन्धी सीपसमेत प्रदान हुँदै आएको छ । 
पाथीभरामा सफाइ 

इलामको पाथीभरा मन्दिर क्षेत्रमा सफाइ गरिएकोे छ । भक्तजनले मन्दिरमा चढाउन ल्याएको वस्तु यत्रतत्र फालेर फोहर बनाएका कारण आसन्न नौरथामा मन्दिरमा विशेष पूजाआजा गर्न व्यापारी समूहको सक्रियतामा उक्त मन्दिरमा सफाइ गरिएको हो । मन्दिर क्षेत्र फोहर भए भक्तजन कम आउने र त्यसको प्रत्यक्ष असर व्यापारीलाई पर्ने भएकाले मन्दिर क्षेत्रको सरसफाइ गरिएको पाथीभराका माला व्यापारी समूहका सचिव मिलन भुजेलले बताउनुभयो । उक्त मन्दिरमा हरेक वर्ष घटस्थापनादेखि महानवमीसम्म महादुर्गाको पूजाका साथै सप्तसती पाठ हुँदै आएको छ । 

फोहरलाई व्यवस्थित गर्न व्यापारीले नियम बनाएको व्यापारी समूहका उपाध्यक्ष दिनेश निरौलाले बताउनुभयो । “प्रत्येक पसलले आ–आफ्नो पसलको अगाडि एउटा डस्टबिन अनिवार्यरुपमा राख्न र सिसाजन्य वस्तु विक्री वितरणमा रोक लगाएका छाँै” 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video