महराद्वारा उच्च अदालतमा निवेदन दर्ता  |  अतिक्रमित भूमि फिर्ता गर्न कूटनीतिक प्रयास थालिएको छ : प्रम  |  आज मिति २०७६ मंसिर ६ गते शुक्रबार, तपाँईको आज कस्तो रहने छ ? हेरौ राशिफल  |  मन्त्री र सचिवहरुलाई प्रधानमन्त्रीको निर्देशन  |  दोस्रो आन्तरिक पर्यटन मेला (डीटीएम २०२०) आउँदो फाल्गुन ९ र १० गते भृकुटीमण्डपमा हुँदै  |  कूटनीतिक नियोगका प्रतिनिधिलाई उपनिर्वाचनको अवलोकन गर्न आह्वान  |  नेप्से ओरालै लयमा  |  श्रमजीवीको पक्षमा लडिरहनेछु : विष्ट  |  राइड थ्रु सिन्धुलीगढीको तयारी पूरा, २०४ जना सहभागी हुने, पर्यटनमन्त्रीले उद्घाटन गर्ने  |  ‘स्मार्ट’ चालक अनुमतिपत्र ५० हजार वितरण गर्न बाँकी
पर्यटन /बिबिध समाचार
Jun 19, 2019
प्रधानमन्त्री कप महिला क्रिकेट ः प्रदेश नं २ विजयी
महेन्द्रनगर, असार ४ कञ्चनपुरको महेन्द्रनगरमा आजदेखि शुरु भएको प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताको दोस्रो खेल प्रदेश नं २ ले कर्णाली प्रदेशलाई नौ विकेटले हराउँदै जित हात पारेको छ । टस जितेर ब्याटिङ रोजेको कर्णालीले १९।२ ओभरमा सबै विकेट गुमाउँदै ५८ रन बनाएको थियो । कर्णालीका लागि रविना चौधरीले सर्वाधिक १३ र लक्ष्मी रिमालले आठ रनको योगदान गरेका थिए । प्रदेश नं २ का तर्फबाट शान्ति चौधरीले तीन विकेट हात पारिन भने गोमा आले, आरती चौधरी, कविता गौतम र शोभा आलेले समान एक विकेट लिए । प्रदेश नं २ ले ५९ रनको लक्ष्य ६।१ ओभरमा एक विकेटको क्षति बेहोर्दै सजिलै लक्ष्य भेट्टाएको थियो । प्रदेश २ का लागि शान्ति चौधरी र निरकुमारी बलमपाकीले सर्वाधिक क्रमशः १८ र १५ रन बनाएका थिए । कर्णालीका सरिता जिसीले एक विकेट हात पारिन् । म्यान अफ दि म्याच प्रदेश २ की शान्ति चौधरी घोषित भइन् । यही असार ११ गतेसम्म चल्ने प्रतियोगितामा प्रथम हुने टोलीलाई रु पाँच लाख र दोस्रो हुनेलाई रु तीन लाख पुरस्कार दिइने छ । प्रतियोगिताको उत्कृष्ट खेलाडी लाई रु ३० हजार तथा उत्कृष्ट बलर र ब्याट्सओमेनलाई रु १५ हजार बराबरको खेल सामग्री दिइने छ भने प्लेयर अफ द म्याचलाई रु २५ सय बराबरको पुरस्कार दिइने छ । प्रतियोगिताको व्यवस्थापन महाकाली स्पोर्टस सोसाइटीले गरेको छ । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video