आज मिति २०७६ फागुन ८ गते विहिबार, तपाँईको आज कस्तो रहने छ ? हेरौ राशिफल  |  सिरहामा बालिकामाथि यौन दुरव्यवहार गरेको आरोपमा एक व्यवसायी पक्राउ  |  सशस्त्र प्रहरी इन्सपेक्टर पदको लिखित परिक्षणको नतिजा सार्वजनीक, को को भए पास ?(नामावली सहित)  |  राष्ट्रपतिद्वारा महाशिवरात्रिका सामग्री सङ्कल्प  |  घुस लिएको अभियोगमा इञ्जिनीयर पक्राउ  |  निर्वाचन शान्तिपूर्ण मात्रै होइन, जनमत प्रतिबिम्वित हुनुपर्छ– प्रधानमन्त्री ओली  |  पाँच अङ्कले बढ्यो नेप्से  |  सुशासनको प्रत्याभूति र भ्रष्टाचार न्यूनीकरणमा सरकार लाग्नुपर्छः अध्यक्ष थापा  |  ‘क्वारेन्टाइनमा राखिएका सबै नेपाली स्वास्थ्य भएकाले कोही त्रसित हुन पर्दैन’  |  सरकारले नयाँ र दीर्घमहत्वका काम गरेको छ : सञ्चारमन्त्री बाँस्कोटा
प्रमुख समाचार
Jan 14, 2020
उद्योगको नियमित अनुगमन र निरीक्षण आवश्यक
काठमाडौँ, पुस २९ साना उद्योगलाई मजबुत पार्नका लागि नियमित अनुगमन तथा निरीक्षण गर्न आवश्यक रहेको बताइएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले  हिजो  यहाँ आयोजना गरेको ‘सेफगार्डस, एण्टी–डम्पिङ तथा काउन्टरभेलिङ’ सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७६ बारे छलफल कार्यक्रममा सहभागीहरुले साना उद्योगलाई मजबुत बनाउन आवश्यक रहेको बताएका हुन् । कार्यक्रममा मन्त्रालयका उपसचिव रामकृष्ण अधिकारीले स्वदेशी उद्योगमा हुन गएको हानी नोक्सानी रोक्नका लागि ‘सेफगार्डस, एण्टी–डम्पिङ तथा काउन्टरभेलिङ’ सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७६ ल्याइएको जानकारी गराउनुभयो । मुलुकको औद्योगिक क्षेत्रको प्रवद्र्धन गर्दै राष्ट्रिय अर्थतन्त्र सुदृढ बनाउन पनि यस ऐन ल्याइएको उहाँले बताउनुभयो । कार्यक्रममा सहसचिव महेश आचार्यले यस ऐनले सञ्चालनमा रहेका साना उद्योगलाई ठूलो सहयोग पुग्ने जानकारी गराउनुभयो । अधिवक्ता दीपक घिमिरेले धेरै अघि नै आउनुपर्ने उक्त ऐनको प्रचारप्रसार गर्नका लागि सरकारले विशेष ध्यान दिनुपर्ने धारणा राख्नुभयो । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video