प्रमुख समाचार
Sep 30, 2018
स्वदेशै रोजगारीको अवसर सिर्जनामा जोड
 काठमाडाँै,  असोज  १४ । रोजगारीको अभावमा विदेश भौतारिनुपर्ने अवस्थाको अन्त्य गर्न स्वदेशै रोजगारीको उपयुक्त अवसर सिर्जना गरिनुपर्नेमा युवा नेतृत्वले जोड दिएका छन् । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आज यहाँ आयोजना गरेको ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’सम्बन्धी अन्तक्र्रिया कार्यक्रममा सहभागी विभिन्न राजनीतिक दलका युवा सङ्घसङ्गठनका नेतृत्वले बेरोजगारीका कारण युवा वर्गमा विचलन पैदा गरेको भन्दै सरकारले तत्काल कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए । 

युवा सङ्घ नेपालका अध्यक्ष रमेश पौडेलले रोजगारीका अभावमा युवाशक्ति विचलित हुँदै जाँदा सामाजिक विकृति देखिएको बताउनुभयो । उहाँले सार्वजनिक क्षेत्रमा रोजगारीको प्रशस्त अवसर भएको उल्लेख गर्दै उहाँले कृषिलाई उद्योगमा रुपान्तरण गरेर लैजाँदा केही हदसम्म बेरोजगारी समस्या हल हुने बताउनुभयो । 

युवा जनशक्तिको सहभागितामा ‘विकास दस्ता’ निर्माण गरेर ठूला आयोजना निर्माण गर्न सरकारलाई सुझाव दिँदै उहाँले विप्रेषणलाई उत्पादनमूलक क्षेत्रमा लगाउनसके विदेश पलायन रोक्न सकिने बताउनुभयो । 

योङ कम्युनिष्ट लिग (वाइसिएल) का सचिव विश्वास डिसीले जनतालाई उत्साह पैदा गर्ने कार्यक्रम ल्याउन सुझाव दिँदै रोजगारी सिर्जनाको अवसरलाई प्राथमिकीकरण गर्नुपर्ने बताउनुभयो । उहाँले बढ्दो विदेश पलायन रोक्न प्रभावकारी र आकर्षक कार्यक्रम सञ्चालन गर्नु आवश्यक भएको बताउनुभयो । 

नेपाल तरुण दलका उपाध्यक्ष उत्तम कार्कीले राष्ट्रिय गौरवका आयोजनामा युवाको सहभागिता सुनिश्चित गर्नसके आयोजनाप्रति अपनत्व पनि बढ्ने र बेरोजगारीको समस्या हल हुने बताउनुभयो । निजी क्षेत्रका व्यवसायीले व्यवसाय दर्ताको बखत कतिको सङ्ख्यामा रोजगारी उपलब्ध गराउन सकिन्छ भनी उल्लेख गर्नुपर्ने नीतिगत व्यवस्था हुनुपर्ने बताउनुभयो । 

सङ्घीय समाजवादी फोरम नेपालको युवा सङ्गठनका सचिव सान्तकुमार राईले साना उद्यमी तथा निजी क्षेत्रलाई लगानीकर्तालाई राज्यले सहयोग गरी धेरैभन्दा धेरै रोजगारी सिर्जना गर्न उद्योगीलाई प्रोत्साहित गर्नुपर्ने बताउनुभयो । 

राष्ट्रिय जनता पार्टी नेपालका युवा सङ्गठनका रञ्जीतकुमार सिंहले शिक्षित बेरोजगारको सङ्ख्या बढिरहेको सन्दर्भ र वैदेशिक रोजगरीलाई न्यूनीकरण गर्ने प्रधानमन्त्री रोजगार कार्यक्रम महत्वपूर्ण हुने बताउनुभयो । प्रत्येक स्थानीय तहमा हुने विकासे आयोजनालाई सोही क्षेत्रका युवालाई सहभागी गराएर रोजगारी दिन सकिने बताउनुभयो । 

कार्यक्रममा श्रम मन्त्रालय उपसचिव डा लोकनाथ भुसालले बेरोजगार व्यक्तिलाई न्यूनतम् रोजगारीको प्रत्याभूति गराउन सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गर्न लागेको बताउनुभयो । 

रोजगार कार्यक्रमले उत्पादनशील रोजगारी, रोजगारीको अवसर तथा सेवाको न्यायपूर्ण र सहज वितरण गरी जीवनयापनमा सहजता एवं गरीबी निवारणमा सहयोग पु¥याइ समृद्धि हासिल गर्ने लक्ष्य राखेको मन्त्रालयले जनाएको छ । 
––– 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video