प्रदेश नं ३ का पाँच जिल्लामा विषादी परीक्षण केन्द्र  |  आयोगका सिफारिस कार्यान्वयन नगर्नेको नाम कालोसूचीमा  |  सरकारले संवैधानिक निकायमाथि हस्तक्षेप गर्न खोज्यो ः सिटौला  |  अवैध भरुवा बन्दुकसहित पक्राउ  |  आज मिति २०७६ असार १० गते मंगलबार तपाँईको दिन कस्तो रहने छ ? हेरौ राशिफल  |  सामान ढुवानी सेवाका लागि ई–ट्रान्सपोर्टेशन सर्भिस सञ्चालनमा  |  जीवनस्तर उकास्न आर्थिक विकासमा जोड  |  कानूनी र व्यावहारिक दृष्टिकोणबाट नियन्त्रण गर्ने नीति लिइएको छ – गृहमन्त्री थापा  |  विपद् व्यवस्थापनको लागि सम्पूर्ण तयारी गरिएको छ – गृहमन्त्रालय  |  ज्येष्ठ नागरिक सामाजिक सुरक्षाभत्ताबाट वञ्चित
सेना/ प्रहरी/ शशस्त्र समाचार
Mar 29, 2019
प्रदेशसभा विषयगत समितिको निर्वाचन चैत २२ गते हुने
विराटनगर, चैत १५  प्रदेश नं १ प्रदेशसभाले ‘प्रदेश भवन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ लाई दफावार छलफलका लागि प्राकृतिक स्रोत तथा पूर्वाधार विकास समितिमा पठाइयोस् भन्ने प्रस्ताव पारित गरेको छ ।
प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम ९४९१० ९ख० र नियम ९५ बमोजिम सो प्रस्ताव आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङबोले सभामा पेश गर्नुभएको थियो ।

यसअघि आजको बैठकको शून्य समयमा प्रदेशसभा सदस्य राजन राईले वर्डफ्लुका कारण क्षति व्यहोर्ने किसानलाई राहत उलब्ध गराउने सम्बन्धी नियम प्रदेश सरकारले बनाउनुपर्ने माग गर्नुभयो ।

प्रदेशसभाअन्तर्गका सबै विषयगत समितिको यही चैत २२ गते निर्वाचन हुने सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिनुभयो । उहाँले निर्वाचनका लागि प्रदेशसभा सचिवालयका सचिव अम्बिका चौलार्गाइलाई निर्वाचन अधिकृत नियुक्त गरिएको छ भने निर्वाचन सम्बन्धी सूचना आजै प्रकाशन गरिने जानकारी दिनुभयो ।

प्रदेशसभाअन्तर्गत न्याय, प्रशासन तथा विधायन समिति, सुशासन तथा योजना समिति, अर्थ समिति, सार्वजनिक लेखा समिति, सामाजिक विकास समिति, उद्योग, पर्यटन तथा वातावरण समिति र प्राकृतिक स्रोत तथा पूर्वाधार विकास समिति छन् ।
–––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video