काठमाण्डौं उपत्यकामा लकडाउन उल्लंघन गर्ने ५४५ सवारी नियन्त्रणमा  |  विद्यालयमा क्वारेन्टाइन सञ्चालनका लागि १२ बुँदे आचारसंहिता,के के छ आचारसंहितामा ?  |  राष्ट्रिय शैक्षिक परामर्श संघद्धारा बिदेशमा अध्ययनरत विद्यार्थीलाई सहयोग गर्न एक्सन टिम गठन  |  राहत वितरणको तस्वीर खिच्न नपाइने : नगरभित्र खाद्यान्नको एउटै दरभाउ  |  सङ्कटका काला बादल अवश्य हटेर जानेछन्ः प्रधानमन्त्री  |  राहत वितरणको विषयलाई लिएर दुईपक्षबीच झडप हुदा वडा अध्यक्ष सहित ८ जना घाइते  |  प्रधानमन्त्री ओलीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने, कति बजे हुंदै छ सम्बोधन ?  |  नुवाकोट किस्पाङ गाउँपालिकाका लागि पिपिई तथा एप्रोन सेट हस्तान्तरण  |  लकडाउन अवधीभर काठमाण्डौंमा १५ स्थानमा अस्थायी तरकारी बजार , कहाँ कहाँ छन तरकारी बजार ?  |  आज मिति २०७६ चैत्र २५ गते मंगलबार,तदनुसार २०२० अप्रिल ७ तारिख हेरौं आजको राशिफल
कृषि/प्रविधि
May 20, 2019
बुलबुलेमा ‘सूर्यमुखी’ आर्कषण
वीरेन्द्रनगर, जेठ ६
बुलबुले ताल नजिक ढकमक्क बारीमा फुलेको पहेँलो फूल वरिपरि हरियाली छ । छेउमै तालमा डुङ्गा सयर गरिरहेको । त्यहाँ पुग्ने जो कोहीको तस्वीर नलिइकन फर्कन मान्दैनन् । बुलबुले ताल हेर्न जानेको तस्वीर खिचाउनको लागि भीडभाड देखिन्छ आजभोलि । तस्वीर खिच्नेको लाइनमा कोही आफ्नो सेल्फी खिच्दै, कोही अरु साथीहरुको तस्वीर खिचिदिँदै । कोही पहेँलै फुलेका फूलको दृश्य अवलोकन गर्दै । यो दृश्य हो सुर्खेतको बुलबुले उद्यान नजिक रहेको सूर्यमुखी खेती गरिएको एक बारीको । चारजना युवा मिलेर व्यावसायिक रुपमा सूर्यमुखीको खेती गरेको यो बारी अहिले आन्तरिक र बाह्य पर्यटकको लागि आकर्षण बन्ने गरेको छ । पछिल्लो समय सामाजिक सञ्जालसँगै मनोरञ्जनात्मक भिडियो बनाइने ‘टिकटक’मा यो बारीको दृश्य धेरै नै प्रयोग हुँदै आएको छ । “दिनमा १५० भन्दा धेरै यहाँ आउनुहुन्छ, शनिबार त ३०० जति पुग्छ ।” उक्त सूर्यमुखी खेती गरेकामध्ये कपिल अधिकारीले भन्नुहुन्छ, “हाम्रो बुलबुले नजिकै भएकाले त्यहाँ आउने यहाँ अनिवार्य आउनुहुन्छ ।” स्थानीय कपिल अधिकारी, लक्ष्मी अधिकारी, धनिराम अधिकारी र सज्ज ढकाल मिलेर छ कट्ठा जमीनमा व्यावसायिक रुपमा सूर्यमुखीको खेती गरेका छन् । वार्षिक रु एक लाख ४० हजार भाडामा जग्गा लिएर गरिएको फूल खेतीमा रु दुई लाखभन्दा धेरै लगानी लागेको सज्जन ढकालले बताउनुभयो । सूर्यमुखीको बारीमा फोटो खिचाउन आउने मानिसले प्रतिव्यक्ति रु १० तिर्नुपर्छ । यसरी दैनिक १५० मात्र आए पनि न्यूनतम रु एक हजार ५०० आम्दानी हुन्छ । “मानिस टिकटको भिडियो बनाउनेदेखि फोटो खिच्नेसम्म यो बारीभित्र पस्ने गर्नुहुन्छ”, उहाँले भन्नुभयो, “त्यसबेला धेरै बोट भाँचिन्छन् । हामीले घाटा व्यहोर्नुपर्छ । यसकारण प्रतिव्यक्ति रु १० लिने गरेका हौँ ।” यो पहिलो अनुभव भएकाले अहिलेको खेती सिकाइका रुपमा मात्र आफूहरुले लिएको उहाँको भनाइ छ । अहिलेको अवस्थालाई मध्यनजर गर्दै आगामी दिनमा सूर्यमुखीको खेतीमा वृद्धि गर्ने योजना रहेको ढकालको भनाई छ । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video