पुनर्निमाण प्राधिकरणद्धारा नुवाकोटका स्थानीय निकायमा ७० कर्मचारी माग, कुन स्थानीय तहमा कति जना ?  |  डेंगोको बिरामीलाई सहयोग गर्न बिपी स्मृति अस्पताल र यशोदादेवी भगवानसिंह ट्रष्टद्धारा रक्तदान कार्यक्रम आयोजना  |  अज्ञात समुहद्धारा वडा कार्यालयमा आगजनी  |  बलात्कार गरी हत्या गर्ने दुईलाई आजीवन कारावास  |  आज मिति २०७६ असोज २ गते विहिबार तपाँईको दिन कस्तो रहने छ ? हेरौ राशिफल  |  सिन्धुलीबाट काठमाडौँतर्फ जाँदै गरेको बस दुर्घटना हुँदा २३ जना घाइते  |  विरोधलाई स्वभाविक रुपमा लिनुपर्छः नेता श्रेष्ठ  |  पहिराले अरनिको राजमार्ग ठप्प  |  सङ्खुवासभामा जिप दुर्घटना हुँदा छ बेपत्ता  |  कृषिमा १४ करोड ४४ लाख बजेट
शिक्षा /स्वास्थ्य
Jun 11, 2019
त्रिवि अन्तर्राष्ट्रिय सम्मेलनको घोषणा
काठमाडौँ, जेठ २८ त्रिभुवन विश्वविद्यालयले आयोजना गरेको ‘विश्वविद्यालय शिक्षाको अन्तर्राष्ट्रियकरण’ विषयक अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलनले उच्च शिक्षाको सुधारसम्बन्धी १७ बुँदे घोषणापत्र पारित गरेको छ । सोमबार सम्पन्न सो दुईदिने सम्मेलनले पाठ्यक्रम निर्माण लचिलो हुने र परम्परागत मानसिकता माथि उठ्ने, पाठ्यक्रम निर्माणमा बहुविधागत विषय संलग्न गराउने, विश्वका ख्यातिप्राप्त उच्च शैक्षिक संस्थासँग शैक्षिक सहकार्य गर्ने, अन्तर्राष्ट्रियकरणलाई महत्वपूर्ण रणनीतिको रुपमा अवलम्वन गर्ने, शिक्षकलाई आत्मनिर्णयको अधिकार उपलब्ध गराउने, अन्तर्राष्ट्रियस्तरका महत्वपूर्ण विषयवस्तु पाठ्यक्रम निर्माणमा संलग्न गराउनेलगायत बुँदा छन् । यसैगरी प्राध्यापकलाई थप सशक्तीकरण गर्दै समस्या समाधान गर्ने खालका शैक्षिक कार्यक्रम निर्माण गर्ने, अनुसन्धानलाई ग्राह्यता दिँदै अनुसन्धानमा बजेट बढाउनेलगायतका सङ्कल्प पारित भएको छ । सम्मेलनमा जम्मा १२ कार्यपत्र प्रस्तुत भएको थियो । विश्वस्तरमा ख्यातिप्राप्त १७ प्राध्यापक र त्रिभुवन विश्वविद्यालय सहभागी १५० प्राध्यापक एवं विभिन्न निकायका प्रमुखको सहभागितामा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा डा तीर्थराज खनियाले उक्त घोषणा गर्नुभएको हो ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video