सेना/ प्रहरी/ शशस्त्र समाचार
Mar 18, 2020
भारु १० लाखसहित दुई मकवानपुर प्रहरीको नियन्त्रणमा
हेटौँडा, चैत ५ ।  त्रिभुवन राजपथअन्तर्गत पर्ने हेटौँडा–वीरगञ्ज सडकखण्डको स्थानीय राटोमाटेबाट प्रहरीले आज बिहान ५ बजे जाँच गर्ने क्रममा भारतीय नंको बोलेरो जीपसहित दुई भारतीयलाई नियन्त्रणमा लिएको छ । अभियुक्तका साथबाट भारु नौ लाख ९९ हजारसहित हिरासतमा लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरमा आज पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको थियो । पक्राउ पर्नेमा भारत बैरातपुरको पैरोसव बस्ने ३१ वर्षीय विजय चौधरी र भारत नहेटीको ग्राम पञ्चायत माउतपुर बस्ने ३८ वर्षीय शङ्कर सरकार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उनीहरु दुवैलाई पश्चिमबाट वीरगञ्जतर्फ जाँदै गरेको अवस्थामा डब्लुबी २३ ई २३३३ नंको भारतीय बोलेरो जीपलाई हेटौँडा–१५ रातोमाटेबाट प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टीकाबहादुर कार्कीले बताउनुभयो । प्रहरीका अनुसार दुवैलाई राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाउन लागिएको छ ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video