प्रधानमन्त्रीले भोली सम्म सर्वसाधारणलाई दशैंको टिका लगाउने, टिका लगाउन यति बेला पुग्नुहोस  |  मूर्ति सेलाउने बिषयमा बिबाद हुँदा कपिलवस्तुमा अनिश्चितकालीन कफ्र्यु  |  नक्कली नोट छाप्ने मेसिन सहित ५ जनाको गिरोह पक्राउ  |  दशैँपछि राजधानीमा चहलपहल सुरु,दशैंमा बढी भाडा असुलगर्ने ५१५ भन्दा बढी सवारीलाई कारवाही  |  यसरी मनाउँदैछन शीर्ष नेताले दशै  |  नेपाल प्रहरीले काठमाण्डौंमा अस्टमी देखि टिकाको दिन सम्म निशुल्क बस सञ्चालन गर्ने, कहाँ कहाँ चल्छ बस ? रुट सहित  |  थाहा पाइराख्नुहोस IVR मार्फत नेपाल टेलिकमको निशुल्क पाईने सुबिधाहरु  |  दशैं पछि माथिल्लो तामाकोशीको रु एक अर्ब ५८ करोडको आइपिओ आउँदै  |  सवारी दुर्घटनामा एकै परिवारका तीन जनाको मृत्यु  |  पूर्वसांसदले गरे आत्महत्या
राजनीति
Oct 04, 2018
शीर्ष नेतृत्वले प्राथमिकता दिनुपर्छ : नेता खनाल
काठमाडौँ,, असोज   नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता झलनाथ खनालले जतिसक्दो छिटो जनवर्गीय सङ्गठनबीचको एकतालाई निष्कर्षमा पु¥याउनुपर्ने बताउनुभएको छ । 

विश्व ट्रेड युनियन महासङ्घ (डब्लुएफटियु) को ७३आँै स्थापना दिवसका अवसरमा आयोजित ‘सबैका लागि सामाजिक सुरक्षा र निःशुल्क स्वास्थ्य उपचार’ विषयक गोष्ठीमा उहाँले तल्लो तहसम्म एकीकरणको प्रक्रियालाई टुङ्गोमा पु¥याउन शीर्ष नेतृत्वले प्राथमिकताका साथ लाग्नुपर्ने बताउनुभयो । 

पूर्वप्रधानमन्त्री समेत रहनुभएका नेता खनालले भन्नुभयो, “चाँडोभन्दा चाँडो एकीकृत पार्टी निर्माण गरेर त्यसलाई गति दिनुको विकल्प छैन । एकीकृत पार्टी राष्ट्रव्यापी र जनव्यापीरुपमा गतिशील पार्टी र राष्ट्रिय शक्तिका रुपमा रहन्छ । यसले मात्र राष्ट्रिय राजनीतिलाई गति दिन सक्छ ।” 

संविधानबमोजिम जनताको हक अधिकारलाई प्रत्याभूत गर्न धेरै ऐन, कानून निर्माण गर्नु जरुरी रहेको बताउँदै उहाँले मजदुरसम्बन्धी ऐन परिस्कृत रुपमा निर्माण गरेर सबै श्रमिकलाई हक अधिकारले सुसज्जित बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो । 

विश्व ट्रेड युनियन महासङ्घ, समन्वय समिति नेपालका संयोजक प्रेमलकुमार खनालले बढ्दो महङ्गी र आधारभूत आवश्यकताका वस्तु र सेवामा भइरहेको अधिक मुनाफामुखी प्रवृत्तिका कारण सरकारले तोकेको न्यूनतम पारिश्रमिकबाट श्रमिकको जीवनस्तर माथि उठ्न नसक्ने बताउनुभयो । 

दोस्रो विश्वयुद्धको अन्त्यपछि संसारभरका श्रमिक पुनःसङ्गठित हुने क्रममा ५६ देशका ३४६ श्रमिक प्रतिनिधि भेला भएर अक्टोबर ३, १९४५ का दिन फ्रान्सको राजधानी पेरिसमा महासङ्घको स्थापना भएको हो । नेपालमा क्रियाशील प्रगतिशीत एवं समाजवादी विचार पक्षधर आठ ट्रेड युनियन महासङ्घ यस महासङ्घमा आबद्ध छन् । 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video