मूर्ति सेलाउने बिषयमा बिबाद हुँदा कपिलवस्तुमा अनिश्चितकालीन कफ्र्यु  |  नक्कली नोट छाप्ने मेसिन सहित ५ जनाको गिरोह पक्राउ  |  दशैँपछि राजधानीमा चहलपहल सुरु,दशैंमा बढी भाडा असुलगर्ने ५१५ भन्दा बढी सवारीलाई कारवाही  |  यसरी मनाउँदैछन शीर्ष नेताले दशै  |  नेपाल प्रहरीले काठमाण्डौंमा अस्टमी देखि टिकाको दिन सम्म निशुल्क बस सञ्चालन गर्ने, कहाँ कहाँ चल्छ बस ? रुट सहित  |  थाहा पाइराख्नुहोस IVR मार्फत नेपाल टेलिकमको निशुल्क पाईने सुबिधाहरु  |  दशैं पछि माथिल्लो तामाकोशीको रु एक अर्ब ५८ करोडको आइपिओ आउँदै  |  सवारी दुर्घटनामा एकै परिवारका तीन जनाको मृत्यु  |  पूर्वसांसदले गरे आत्महत्या  |  दुखद घटना, आज बिहानै जिप दुर्घटना,दशैंमा घर जाँदै गरेका दुईको मृत्यु
मनाेरञ्जन/रोचक
Mar 09, 2018
नेपाल आइडल बुद्ध लामाले पुरस्कारमा जितेको २० लाख नगद र कार समेत नपाएको खुलासा, उल्टै आयोजकले माग्यो ८ लाख ! (लामाको अडियो समेत)
काठमाडौं । फागुन २५ । नेपालमा पहिलो पटक सञ्चालन भएको इन्टरनेश्नल फ्रेन्चआइज गायन रियालीटी शो नेपाल आइडलका आयोजकले प्रथम आइडल बिजेता बुद्ध लामालाई नगद २० लाख र कार समेत नदिएको खुलासा भएको छ । आइडल बिजेता लामाले आयोजक संस्था एपीवान टेलिभिजनमा ८ महिना देखि पुरस्कारको लागि धाँउदा पनि आफुले नपाएको गुनासो गरेका छन् । नेपाल आइडलका आयोजनकले आइडल बिजेतालाई २० लाख नगद, कार सहितका बिभिन्न पुरस्कार घोषणा गरीएको थियो । लामाले आयोजनकले दिएको २० लाखको चेकमा समेत रकम नभएको भन्दै आफु अन्यायमा परेको बताएका हुन् । लामाको बारेमा ओएस नेपालले तयार पारेको यो सामग्री ।
नेपाल आइडल बुद्ध लामाले अझै सम्म पनि पुरस्कार नपाएको भन्ने सुन्दा तपाईलाई अचम्म लाग्न सक्छ । तर बुद्ध लामा आफैले आज एउटा सनसनीपुर्ण खुलासा गरेका छन । बुद्ध लामाको आवाज रहेको एउटा अडियो सार्वजनिक भएपछी अहिले उक्त अडियो भाइरल बनिरहेको छ । बुद्ध लामा नेपाल आइडल घोषित भएको गलभग ८ महिना हुन लागिसक्यो । तर नेपाल आइडलको आयोजकले अझै उनलाई पुरस्कार दिएको छैन, अझ बुद्ध लामालाई खातामा पैसा नभएको चेक दिएर झुक्याइरहेको छ भन्ने सुन्दा जो कोहीलाई अचम्म लाग्छ । बुद्ध आफैले आफु आठ महिना देखी पुरस्कारको लागी धाइरहेको तर आयोजकले आफैसंग १० लाख मागेको खुलासा गरेका छन ।
 

पुरस्कार बारेमा नेपाल आइडलका आयोजकको भनाई यस्तो छ । (बिज्ञप्ती सहित)

केही अनलाईन पोर्टलहरुमा नेपाल आइडलसँग सम्बन्धित भ्रामक सामाग्री प्रकाशित गरे / गराईएकोमा नेपाल आइडलका आयोजक एपिवान एचडिको ध्यान आकृष्ट भएको छ र त्यसबारेमा स्पष्ट गर्न जरुरी ठानेका छौं ।

तोकिएको र सम्झाैता अनुसारकाे पुरस्कार रकम बुद्ध लामालाई हस्तान्तरण गरिसकिएको छ । पुरस्कारमै पाएको कारको साचो उनलाई त्यतिबेलै एक समारोहका बीच बुझाइ सकिएको छ र उक्त कार त्यतिबेलादेखि नै उनीसँगैछ । कारको कागजी स्वामित्व उनको नाममा गर्न नियमानुसार नेपाल सरकारलाई कारको मूल्यको २५% (प्रतिशत) आकस्मिकलाभ कर तिर्नपर्ने नियम भएकाले उक्त रकम के, कसरी, कहाँ बुझाउने भनेर पटकपटक जानकारी गराईएको छ । उक्त कर नेपाल सरकारलाई तिरेपछि कारको कागजी स्वामित्व बुद्ध लामालाई हस्तान्तरण गर्न हामी आतुर छौं ।

यसबाहेक विजेताले पाउने म्यूजिक एल्बमका लागि बुद्ध लामाले नै सिफारिस गरेका असु सेन लामालाई जिम्मा र अग्रिम रकमसमेत भुक्तानी गरिसकिएको छ जसको भिडियो एपीवान एचडिले निर्माण गर्नेछ । हो, विदेश भ्रमणमा रहेको बेला समयाभावका कारण उक्त एल्बम बनाउन ढिलो भएको बुद्ध लामालाई लाग्नु स्वभाविकै भयो तर सम्झौताको एक वर्ष सकिनअगावै यो सम्पन्न हुनेछ ।

यसरी सम्झौता बमोजिमनै सम्पूर्ण कार्य हुदै आएको सबैको जानकारीका लागि अनुरोध छ । साथै वास्तविकता नबुझि दूरासयपूर्ण तवरमा प्रकाशित अनलाईन समाग्रीहरुबाट सचेत रहन आग्रह गर्दछौ । नेपाल आइडलको मंचमार्फत एक परिवार/समूहबाट माथी उठदै आज सफलताको जुन तहमा बुद्ध लामा पुगेका छन त्यसमा एपिवान एचडिलाई गर्व छ किनकी यो एपिवान एचडिकै कारणले सम्भव भएको हो । बुद्ध लामालाई एपिवान एचडिका तर्फबाट भविष्यमा आउन लागेको उनको एल्बमका लागि शुभकामना ।

 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video